My love story
ताप्लेजुङ्ग एक मिठो सम्झना -१
बिहानै ५ बजेकाे गाडीमा ताप्लेजुङ्ग सम्म को लागि चढे ।
५ बजे भएपनि गाडीमा धेरै यात्री थिए। बस नं २०९२ काे कन्डक्टर विक्रम दाईले झ्याल छेउको सिट मिलाइदिए । यात्रा सुरु भयो उर्लाबारी मा फेरि धेरै जना ओर्लिने र चढने क्रम जारी रह्यो अनि लगभग १५ मिनेट पछि गाडी गन्तव्य तर्फ लाग्यौ फेरि दमक बस स्टेण्डमा चिया पिउन जानकारी गराए विक्रम दाईले "आज नेकै ढिलो हुन्छ जस्तो छ ताप्लेजुङ्ग सम्म पुग्दा" मनमनै सोचें ।
"चना मटर बदाम " भन्दै झ्याल मा भैया आउन थाले मैले नि ४ ५ प्याकेट किने बदाम अनि गाडी गन्तव्य तर्फ अगाडि बढ्यो दमक बाट।
"कहाँ आई पुगेऊ कालु😍?" मोबाइल मा मेसेज आयो, रिप्लाई दिनु भन्दा नि उनको याद मा टोलाउन पो थालेछु; म सँगै को सिटमा माइधार बाट दाजु आउदा पो थाहा पाए ।
"माइधार नदि जस्ट कटे 😊" रिप्लाइ गरे ।
"ए हाे राम्ररी अाउ है"
-" हुन्छ म आउँदै छु तिमी के गर्दै छेउ?"
"तिम्रो छेउ को सिटमा को छ??"
मलाई रिप्लाई दिन मन लागेन अनि बदाम खान थाले 😃। "उनलाई अलिकति जलाउन मन थियो 😍" एकछिन पछि फाेन आयो, फाेन घर बाट मामुले गर्नु भको रछ ।
"का पुगिस"
-"बिर्तामोड पुगे मामु"
"नास्ता खाइस् त? बीच बाटो मा पाईन्दैन होला नि!"
-"तपाईंले बिहानै बनाई दिनु भको खना खाएरहोला भोक छैन मामु "
" ल राम्ररी जानु टाईम मा खानु "
-"हुन्छ मामु बाई" ।।
मामुलाई घरमा ढाँटेर आएको थिएँ म: उनलाई भेट्न होइन साथी हरु संग नयाँ वर्ष मनाउन ताप्लेजुङ्ग गएको भनेर ।
अनि अर्को कल उनकै आई हाल्यो "किन फोन लाग्दैन त ? मेसेज को नी रिप्लाई देको छैनौं ? ठिकै त छौ नी? "अलिक चिन्तित स्वोरमा भनेको थिइन् ।
To be continued...