समयका चार चक्र
जीबन के हो भनेर तपाई हाम्रा आ-आफ्नै भोगाई अनुसारका परिभाषा होलान | जन्म-मरणको दोसाधमा अल्झिएको छ जीबन भन्दैहुनुहुन्छ होला | यस धर्तिमा जन्मिएका हरेक तेस्ता जीवन घटित हुन प्रकृतीले गरेका पूर्व तयारीलाई पनि जीवनका अंश माने अघिको हाम्रो जीवनको बुझाई एसको १ % भन्दा पनि कम हुनेछ | तैपनि समय अमुल्य छ भन्दै बाटो बाटो हामी कुदेकै छौ | सुर्यका वरिपरि पृथिबीको गतिले बनेका दिनरात, महिना , वर्ष इ. हाम्रा अफिसियल टाइम भएका छन् | " बैंश ढल्दै गयो, कपाल फुल्दै आयो, बुढो भैएछ क्यार !" भन्ने अर्को सारीरिक भोगाई बाट निस्कने समय को मापन छ | यो बायोलोजिकल समयको जरा हाम्रा शरीरका कोष-कोष मा ब्याप्त छ | समय को महत्व मानिसलाइ मात्र होइन जीवजन्तु चार-चुरुंगी सबैलाई छ | सबैलाई बिहान सबेरै उठेर आफ्नो जीबन गुजाराका सामाग्री जुटाउनु छ | तेसो भन्दा अझै न्यारो माइण्डेड भइन्छ होला | साचै भनौ भने ढुंगा-माटो सबैलाइ समय को महत्व छ | हामीले बाटो बनाउन लम्पसार परेका ढुंगा बर्षौ सम्म ढुङ्गै भएर बस्न तल्लिन छन् तर तेसरी सदाका लागि ढूंगा भैरहन सक्दैनन् | एकदिन एस्तोपानी आउने छ, सुर्य बलेर सौर्यमंडलको पनि आयु सकिने छ | तेतिमात्रै कहा होर ! यस ब्रम्हाण्डमा भएका हरेक कुराका सुरु र अन्त्य छन् | एकदिन ब्रम्हाण्डको पनि अन्त्य हुनेछ (कस्तो प्रकारले अन्त्य होला पत्ता लागिसकेको भने छैन) | सारांशमा भन्दा प्रकृतीको गर्भमा एउटै समयलाइ हामीले चार प्रकारका समय चक्रमा भोगिरहेका हुन्छौ | आजको ब्लगमा म एसैका बारेमा चर्चा गर्ने छु |
समय को प्रथम चक्र निर्माण गर्ने कारक चिज हो - गुरुत्वाकर्षण बल | यो बल हुनुमा पदार्थको मास ले भूमिका खेल्छ | यो बलले विशेषत ब्रम्हाण्डका ठुला दुरी मा रहेका तारा, ग्रह, नाछेत्र लगाएत तरापुञ्ज को गतिलाई नियन्त्रण गरेको हुन्छ | किन ठ्याकै ३६५ दिन जातिमा पृथिबीले सुर्यलाई परिक्रमा गरेको होला ? किन २४ घण्टामा एक दिन भएको होला? यो सबै कुरा को उत्तर गुरुत्वाकर्षण बल नै हो |
समयको दोस्रो चक्र को निर्माण गर्ने कारक चिज हो - बिधुतिय-चुम्बकीय बल र यो बल हुनुमा पदार्थको चार्ज ले भूमिका खेल्छ | यो बल सम्पूर्ण प्राणी र बोटबिरुवा को जीबन मरण को संगीत हो | हेर्नुहोस अगाडिको प्रसंगमा हामीले ग्रह, तारा को बिशाल दुरीका कुरा गर्दै थिएउ | तर यो बिधुतिय-चुम्बकीय बल देख्न एटोमिक साइज मा झर्नु पर्ने हुन्छ | यो समयलाई हामी सबैभन्दा नजिक बाट भोगछौ | उदाहरण को लागि हामीले खाएको खान ३/४ घण्टामा पचिसक्छ | ६/७ घन्टामा हाम्रो निद्रा पुग्छ | हामी बच्चा, बयस्क हुदै बुढो हुन्छौ | रुख बिरुवाहरु फल्छन फुल्छन | हामीले सास फेरेको, हिडेको, सपना देखेको इ. यी सबै क्रियाकलापका पछाडी हाम्रा शरीरका कोष-कोषमा घटित रासायनिक प्रतिक्रिया र तेस्बाट प्रवाहित बिधुतिय-चुम्बकीय बलकै हात छ | यो बाहेक हामीले प्रयोग गर्ने सबै जसो टेक्नोलोजी: मोबाइल, टिभी, रेडियो इ. का पछाडी पनि बिधुतिय-चुम्बकीय बलकै कुरा आउछ |
समयको तेस्रो चक्र निर्माण गर्ने बललाइ विक-फोर्स भनिन्छ | हाम्रा दैनिक जीबनमा घटित हुने क्रियाकालापमा यो बल देखा पर्दैन | अधिका प्रसङ्गहरुमा हामीले निकै लामा दुरीमा काम गर्ने गुरुत्वबल र एटोमिक दुरीमा काम गर्ने चुम्बकीय-बिधुतिय बलका कुरा गरेउ | यो बल देख्न एटोमिक दुरी भन्दापनि सानो न्युक्लियर दुरीमा जानु पर्छ | न्युक्लियर दुरीमा बास्तावमा २ वटा बलहरु छन् जसलाई क्रमश: वीक र स्ट्रोङ्ग फोर्स भानिन्छा | ब्रम्हाण्डमा घटने बिबिध घटनाहरुमा विक-फोर्स को पनि उतिकै हात छ | चुम्बकीय-बिधुतिय बल ले प्रतछ्य हाम्रो जन्म मृत्यु संग सम्बन्ध राखे जस्तै | विक-फोर्सले सौर्य मण्डल जस्ताको जीबनकाल निर्धारण गर्छ | तपाइलाई लाग्दैहोला यो कसरि भयो भनेर | यो विक फोर्स देखिने आधारभूत नियम अलि अनौठो छ | पदार्थको न्युक्लियसमा प्रोटोन निउट्रोन हुन्छन | एउटा केराउको दानो भित्र ३ वोटा तोरीको दानो अटेजस्तै प्रोटोन निउट्रोन भित्र ३ वोटा क्वार्क अटेका हुन्छन | न्युक्लियर दुरीमा हुने प्रतिक्रियामा क्वार्कले आफ्नो फ्लेवर भन्ने गुणनै बदल्छन र यो विक-फोर्स देखा पर्छ | येसो गर्दा निउट्रोनहरु प्रोटोनमा बदलिनछन् | यो विक-फोर्स कै कारण आकासमा सुर्य लगाएत ताराहरु प्रकाशित छन् | यहि विक-फोर्स का कारण हलुका पदार्थ जस्तै हैत्रोजन, हिलियम इ. बाट गर्हौ पदार्थको को निर्माण हुन्छ|
अबत सजिलै अनुमान लगाउनु भयो होला चौथो समय चक्रको निर्माण गर्ने बल स्ट्रोङ्ग फोर्स हुनु पर्छ भनेर | यो बल लाइ देख्न न्युक्लियर लेबल भन्दापनि भित्र प्रोटोन नेउट्रोन जस्ता पार्टिकल भित्र पुग्नु पर्ने हुन्छ | यो बल देखा पर्नुका पछाडी पार्टिकल को कलर भन्ने गुण को हात छ | यसै बलका कारण क्वार्कहरु मिलेर प्रोटोन निउट्रोन बन्न सम्भब भएको हो | यो बलले ब्रम्हाण्डकै उत्पत्ति र अन्त्य संग सम्बन्ध राखछ | हाम्रा दैनिक जिबनमा यो बलको कुनै उपस्थिति छैन | तर हरेक एटोमका न्युक्लियस मा क्वार्कहरु लाइ बाधेर प्रोटोन- निउट्रोन बनाउने तथा प्रोटोन- निउट्रोन लाइ जोडेर एटोम को निउक्लियस बनाउने काममा यो बल प्रयोग भैरहेको हुन्छ | अघि हामीले कुरा गरे जस्तो बिधुतिय-चुम्बकीय बलकै कारण हाम्रा मोडर्न टेक्नोलोजी बनेजस्तो यो वीक र स्ट्रोङ्ग फोर्सले अर्को नया टेक्नोलोजी पनि आउला नि भन्दै हुनुहुन्छ कि ! न्युक्लियस को बिज्ञान लाई प्रयोग गरेर किही मेडिकल औजार र स्क्यानरहरु बनाइएका पनि छन् | दुर्भाग्यबस क्वार्क हरुलाई इलेक्ट्रोन जस्तो तार मा दौडाउन सकिदैन (क्वार्क कन्फ़ाइनमेण्ट) जसले गर्दा बिधुतिय-चुम्बकीय बलले बनाए जस्तो टेक्नोलोजी परिकल्पना गर्न सकिदैन |
तपाइलाई लाग्दै होला ४ वटा बल रहेछन | तेसका लागि चार प्रकारका कुरा हरु क्रमश: मास, चार्ज , फ्लेवर , कलर चाहिदो रहेछ | शक्ति बाट पदार्थ को निर्माण हुदा नै पार्टिकल ले जन्मजात माथिका चार प्रकारका गुणहरु प्राप्त गर्छ | गिटार बजाउनु भएको छ? गिटारका तारहरु ठ्याकै एकापसमा ट्युन गरिएका छैनन् भने गिटार राम्रो बज्दैननी | हो तेस्तै बैज्ञानिक हरुले यो ब्रम्हाण्ड लाइ ट्युन गर्ने अमुल्य चिज के हुन् भनेर पत्ता लगाएका छन् | तेस्ता अमुल्य रत्नहरु लाई फिजिकल कन्स्टेण्ट भनिन्छ जसमा १. ग्राभिटेस्नल कन्स्टेण्ट २. प्रकाश को गति ३. एलेक्ट्रोन को चार्ज ४. प्लांक कन्स्टेण्ट ५. विक र स्ट्रोङ्ग फोर्स को कप्लिंग कन्स्टेण्टहरु इ. थुप्रै छन् | यी कन्स्टेण्ट हरु कस्ता कुरा हुन् भन्नु होला भने ब्रम्हाण्डका दुर दराज मा कुनै एलियन ले बिज्ञान को निर्माण गरे भने उनीहरुको बोल्ने भाषा र गणित गर्ने तरिका पुरै फरक परेपनि यी कन्स्टेण्ट हरुका मापन भने एउटै हुने छ | तेसैले यी कन्स्टेण्ट विज्ञानका अमुल्य रत्न हुन् |
जादाजादै : भाषागत सुद्दा-सुद्दी कमेन्ट गरिदिनुभए निकै आभारी हुने थिए !
- दिवाकर सिग्देल - बिज्ञानका कुरा
Welcome to steemit @vasuji, best regards hopefully you feel at home here. 😍