हे मूर्ख !
हे मूर्ख !
के बिग्रेको थियो ?
जंगलमा जब बसेका थियौ |
कन्दमूल फलफुल खान्थेउ |
यत्र तत्र स्वतन्त्रता थियो |
न देश थियो, न सीमाना थियो |
थियो त केवल जंगलै जंगल थियो |
हे मूर्ख ! तिम्रा मूर्खताले आज सबै बिग्रियो !
तिम्ले आगो बाल्न जानेर बिग्रियो |
बल्यो आगो , पाक्यो खाना |
पकाएर खान जानेर बिग्रियो |
थुप्रियो घरमा पकाउने दाना,
खेतीपाती गर्न जानेर बिग्रियो |
यो तेरो ,यो मेरो राखौ आ-आफ्नो ,
सबै कुरा बाडेर बिग्रियो |
हराभरा थियो, पूर्ण थियो प्रकृती,
रुख ढले, जीव मरे, ओजोन प्वाल पर्यो,
शरीरलाई मात्र आफू ठानेर बिग्रियो|
बोलेका थियौ इसाराले,
भाषा अनेक बनाएर बिग्रियो |
जानेका थियौ प्रकृती एक ,
धर्म अनेक बनाएर बिग्रियो |
नांगै बुङ्गै हिडेका थियौ,
अरुले के भन्ला भनेर बिग्रियो |
मनमा थियो शान्ति र आनन्द,
अरु भन्दा राम्रो हुनु परेर बिग्रियो |
दिनभरी फुर्शत थियो,
खेल्थ्यो , खान्थ्यो, थाक्थ्यो र सुतथ्यो ,
सत्य के हो जान्न खोजेर बिग्रियो |
जन्म, जीबन र मरण थियो,
स्वोर्ग - नर्क छ भन्ठानेर बिग्रियो |
समानता थियो, आत्मियता थियो,
पद प्रतिष्ठा खोजेर बिग्रियो |
सानो मस्तिस्क थियो,
देखथ्यो , सुन्थ्यो अनि बिर्सन्थ्यो |
लौ हेर आज ठूलो मस्तिस्क,
सर्बत्र दुरुपयोग भएर बिग्रियो |
- दिबाकर सिग्देल
- कविता संग्रह बिन्दु र आकृती