थुइक्क म!
थुइक्क म !
फेरी तेही भ्रस्टाचारीलाई भोट हाले ।
होइन, मेरो बुद्दि किन नआको होला !
मैले आमालाई सोधे ।
आमा, मेरो बुद्दि किन हरायो ?
हजुरको बृद्द भत्ता बिचमै कुम्ल्याउनेलाई भोट हाले ।
धिक्कार छ मलाई !
खोलानाला बेच्नेलाई भोट हाले ।
आमाले हास्दै भन्नु भयो,
नरोउ बाबु यो तिमीले देखेको नराम्रो सपना हो।
बिउझिय !....
नभन्दै, म झल्य्यास बिउझिए।
चिट चिट पसिना आएको थियो ।
किरि किरि किराहरु कराई रहेका थिए ।
उफ्फ़ ! धन्न यो त नराम्रो सपना रहेछ ।
सपनामै भएपनि मैले किन
तिनै कुहिएका नेता रोजे ?
मलाइ ठुलो आत्मग्लानि भयो ।
कि यो मेरो बिछिप्त मनोबिज्ञान हो?
मनोबैज्ञानिक रुपमा म किन एति निक्रिस्ट भए ।
छि छि छि छि !.........
छिमेकका हर्क दाइ कतार बाट बाकसमा फर्किए ।
म फेरी बाकि हर्कदाइहरु बाकसमा फिर्ता ल्याउन,.....
हे भगवान ! ......
एस्तो नराम्रो सपना देख्ने म पापी हो!
पूल नभएर तुइनबाट खोला तर्ने बैनीहरुको कसम !
म एस्तो रद्दी सपना आइन्दा देख्दिन !
धीक्कार छ मलाई !
सपनामा फेरी तिनै पशुलाई भोट हाले ।
हे राउटे दाइ तिम्रो कसम !
म एस्तो सपना फेरी देख्दिन ।
थुइक्क म !
- दिबाकर सिग्देल - कविता संग्रह बिन्दु र आकृती