???

in #nepali4 years ago

आज ऐना अगाडि उभिएर हेरे,
एकोहोरो हेरिरहे,
मन्द मुस्कान मार्फत मेरा दन्ते लहर फिजाउदा
ऐनाले गिज्ज्याएको जस्तो लाग्यो,
फेरि आज मेरा भावना पोख्ने विचार जाग्यो...

कत्ति त म खुसी छु भन्ने भ्रममा छन्,
अनि म चै सधैं त्यही भ्रममा मगन,
अरुको अगाडि हसीली म भित्रभित्रै टुटेको देख्दा
दु:खको तीतो वेगले हान्यो,
फेरि मेरा गरुङ्गा आसु आँखाले धान्यो...

समाज र आफन्तको लागी ज्ञानी मान्छे म,
कसलाई थाहा मेरा सपनाहरू हुँदै थिए भस्म,
मन नलागे पनि मौन रहि रटन्ते विध्या रट्दा
आफ्नै अगाडि जिन्दगीले ठगिहाल्यो,
फेरि आज उमृएका आश मरिहाल्यो...

गल्ती म आफु हुनुमा थियो?
या म निडर हुनुमा थियो?
यो प्रस्नको उत्तर नभेट्दा
सोचाइमा सीमित मेरो मन गल्यो,
फेरि आज मेरो आत्मबल ढल्यो...